काठमाडौं । बाणिज्य बैंकहरुले असार तेस्रो सातामा मात्रै ३४ अर्बले निक्षेप संकलन गरेका छन् । प्रणालीमा निक्षेप नआएर सिडी रेसियो कायम गर्न हम्मे हम्मे परेका बाणिज्य बैंकहरुलाई यहि निक्षेपले सहज बनाएको छ । निक्षेपमा भएको उल्लेख्य सुधारले बाणिज्य बैंकहरुको सिडी रेसियो पनि ८९.४२ प्रतिशतमा झरेको छ ।
असार १७ गतेसम्ममा बाणिज्य बैंकहरुले ४४ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ८४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । निक्षेपमा उल्लेख्य सुधार देखिए पनि बैंकहरुले जम्मा २ अर्ब मात्रै कर्जा विस्तार गरेका छन् । सरकारको पूँजीगत खर्चमा बृद्धि भए सँगै बैंकिङ प्रणालीमा निक्षेप आएको हो ।