काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । अव कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका सम्पूर्ण कार्यहरु उक्त क्यापिटल मार्केट लिमिटेडबाट हुनेछ।
कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्काशन गरेको थियो । कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण प्रक्रियामा रहेको छ ।