काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि साउत २ गते बुक क्लोज गर्ने जानकारी दिएको हो । यस बुक क्लोजको आधारमा साउन १ गतेसम्म कायम शेयरधनीले शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले हाल कायम रहेको चुक्तापूँजी २६ करोड ७९ लाख बराबरको १ सय रुपैयाँ अंकित दरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
कम्पनीले उक्त हकप्रद शेयर निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाइसकेको छ ।