काठमाडौं । इङ्वा हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकि दरका दरले १८ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।
आइपीओको विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि आइपीओ विक्री गर्नेछ ।