काठमाडौं । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले वितरण गरेको बोनश शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न शेयरधनीलाई आग्रह गरेको छ । कम्पनीले २०७८ पुस २४ गते सम्पन्न साधारण सभाबाट पारित गरेको २५ दशमलव २८५३१६ प्रतिशत बोनश शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।
कर बापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं।, नाम तथा सम्पर्क नम्बर समेत अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटडले जानकारी दिएको छ ।
साथै भौतिक रूपमा शेयर धारण गर्ने शेयरधनीहरुले समेत आफ्नो शेयर अभौतिकीकरण गराएपश्चात बोनस शेयर प्राप्त गर्न सक्ने क्यापिटलले जनाएको छ ।