काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले लिलामी मार्फत निष्काशन गरेको संस्थापक समूहतर्फको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै असार १५ गते उक्त हकप्रद शेयर बाँडफाँड गरेको बताएको छ ।
बाँडफाँडमा नपरेको शेयर बापतको रकम आवेदन फारममा उल्लेख गरेको खाता नम्बरमा असार १९ गतेदेखि जम्मा गरिने विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।
कम्पनीले उक्त हकप्रद शेयर असार १ गतेदेखि ९ गतेसम्म ७ लाख ७२ हजार ६६६ कित्ता अवितरित हकप्रद शेयर गोप्य शिलबन्दी बोलपत्रद्धारा विक्री खुला गरेको थियो ।