काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको हिजो बुधवार बसेको सञ्चालक समिति बैठकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्नका लागि अन्तिम स्वीकृति दिएको हो ।
अब कम्पनी रजिष्ट्रारको कार्यालयले पनि स्वीकृति दिएपछि एकीकृत कारोबार प्रक्रिया अघि बढ्नेछ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १००ः४३ शेयर स्वाप अनुपातमा प्राप्ति गर्न लागेको हो ।
नेपाल बैंगलादेश बैंकको १०० कित्ता शेयर हुनेले प्राप्ति पछि बन्ने नबिल बैंकको ४३ कित्ता शेयर पाउनेछन् ।