काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले असार ३१ गते दुबै कम्पनीले विशेष साधारण सभा बोलाएका हुन् ।
मिर्मिरे लघुवित्तले होटल सारथी धुलिखेल, काभ्रेपलाञ्चोकमा विहान ११ बजे र बुद्धज्योती लघुवित्तले केन्द्रीय कार्यालय लुम्बिनी, रुपन्देहीमा विहान ११ बजे सभा गर्ने जनाएका छन् ।
मिर्मिरे लघुवित्तले बुद्धज्योती लघुवित्तलाई प्राप्ति गरेपश्चात् पूँजी संरचना परिवर्तन बमोजिम पूँजी संरचना समायोजन गर्न एफपीओ जारी गर्ने प्रस्ताव पनि विशेष साधारण सभामार्फत् पारित गर्नेछ ।
दुबै कम्पनीले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्दै यस प्रयोजनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभामार्फत् गराउनेछन् ।
मिर्मिरे लघुवित्तले विशेष साधारणसभा प्रयोजनको लागि असार २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असर २३ गतेसम्म कायम शेयरधनीले विशेष साधारणसभामा भाग लिन सक्ने छन् । बुद्धज्योती भने नेप्सेमा सुचिकृत छैन ।