काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडमा २ वटा जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीको असार १५ गते बसेको संचालक समितिको बैठकले मेवा डेभलोपर्स लिमिटेडद्वारा प्रवर्द्धित मिडल मेवा हाइड्रो पावर प्रोजेक्ट र सिवा खोला हाइड्रोपावर प्रोजेक्टमा लगानी गर्ने जनाउको छ ।
कम्पनीले यी आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो । मिडल मेवा हाइड्रोपावर आयोजना ताप्लेजुङमा अवस्थित छ। यो ७३.५ मेगावाटको आयोजना हो । त्यस्तै सिवा खोला हाइड्रोपावर आयोजना ९.३ मेगावाटको आयोजना हो। यो आयोजना पनि ताप्लेजुङमा रहेको छ ।