काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको विशेष साधारणसभा असार १३ गते हुने भनिएता पनि गणपुरक संख्या नपुगी स्थगित भएको थियो । सोही विशेष साधारण सभा पुनः असार २९ गते बस्ने जानकारी गराएको हो ।
कम्पनीले सभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी दिएको छ । सभाले नियमावलीको नियम २३ संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले नियमावली संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जन गर्न सुझाव दिएमा सोही अनुरुप गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले असार २ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा असार १ गतेसम्म कायम शेयरधनीलेनै साधारण सभामा भाग लिन पाउनेछन् ।