काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको विशेष साधारणसभा आज असार १३ गते हुँदैछ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
सभा कावेरी इन, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे हुने छ । सभामा नियमावलीको नियम २३ संशोधन गर्ने र नियमावलीको नियम २७ को उपनियम ३ (१) संशोधन गर्ने तथा अन्य छलफल गर्ने कम्पनीले जनाएको छ ।