Connect IPS
IME Life

नेष्डो समृद्ध लघुवित्तको साधारण सभा असार ३१ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३१ गते तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको असार ९ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय कुश्मा, पर्वतमा दिउसो १ बजे सभा गर्ने जनाएको छ ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन र दुई सञ्चालकहरूको निर्वाचन गर्ने एजेण्डा छ ।

Prabhu
Crest

सभाले कम्पनीले अध्यक्ष तथा सञ्चालकको बैठक भक्ता तथा अन्य सुविधाहरू एवम् दैनिक कार्य सञ्चालनमा कार्यकारी प्रमुखको पारिश्रमिक तथा अन्य सुविध बृद्धि गर्ने प्रस्तावमा पनि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, अन्य कुनै लघुवित्तसँग मर्जर तथा प्राप्तीमा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार २२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS