IME Life
GBIME

असार २२ गतेदेखि ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड –१ ले इकाइ विक्री गर्दै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड –१ ले इकाइ विक्री गर्ने भएको छ । उक्त इकाई असार २२ गतेदेखि विक्री गर्न लागेको हो ।

फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १ अर्ब २० करोड बराबरको १२ करोड इकाई विक्री गर्न लागेको छ । उक्त निष्काशन गरिएको इकाईमध्ये ६ करोड इकाई न्युनतम विक्री हुनुपर्नेछ । कुल विक्री भएको इकाईको १५ प्रतिशत इकाईमध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटललाई १ दशमलव ५० प्रतिशत अर्थात १८ लाख इकाई तथा कोष प्रबन्धकलाई १३ दशमलव ५० प्रतिशत वा १ करोड ६२ लाख सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणमा विक्री गरिनेछ ।

Crest

उक्त इकाई असार २२ गतेदेखि २६ गतेसम्म विक्रीमा आउने छ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा साउन ४ गतेसम्म समय थप हुनेछ । निष्काशन इकाईमा १०० देखि १ करोड २० लाख इकाईका लागि आवेदन दिन सकिनेछ ।

धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो फण्डको इकाई खरीदका लागि लगानीकर्ताहरुले विक्री प्रबन्धकसँगै सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर वेबसाइट र मेरो शेयर एपबाट पनि यस इकाई खरीदका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS