Connect IPS
IME Life

आजदेखि सिद्धार्थ बैंकको ऋणपत्र विक्री खुला

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आजदेखि १० वर्षे अवधिको ऋणपत्र विक्री खुला गरेको छ । बैंकले वार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदर रहेको ‘१० दशमलव ७५ प्रतिशत एस।बि।एल। डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन गरेको हो ।

बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । बैंकले ४० लाख कित्ता ऋणपत्र मध्ये ४० प्रतिशत अर्थात् १६ लाख कित्ता सर्वसाधारण लगानीकर्तालाई र ६० प्रतिशत अर्थात् २४ लाख कित्ता विभिन्न संघसंस्थालाई विक्री गर्नेछ ।

Prabhu
Crest

सर्वसाधारणका लागि निष्काशन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

यस ऋणपत्र खरीदका लागि असार १४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा असार २४ गतेसम्म समय थप गरिने कम्पनीले जानकारी दिएको छ । सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम एक लाख कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ ।

यस ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै, मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यममात्रामा सुरक्षा तथा प्रतिकुल प्रभावसहित सुक्ष्म निगरानी जनाउने इक्राएनपी त्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS