काठमाडौं । नेपाल बैंक लिमिटेडले हितग्राहीहरुलाई खाता नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । यस बैंकका शाखा कार्यलयहरुमार्फत डिम्याट खाता खोलेका हितग्राहीहरुलाई आर्थिक वर्ष २०७८/२०७९ सम्म सञ्चालन गरे बापत वार्षिक शुल्क १०० रुपैयाँ बुझाउन आग्रह गरेको हो ।
हितग्राहीहरुले असार ३२ गतेभित्र उक्त वार्षिक सञ्चालन शुल्क शाखा कार्यालयमा अथवा इ–सेवा, खल्ती, कनेक्ट आइपिएस मार्फत बुझाउन सक्नेछन् । बैंकले तोकिएको समयभित्र शुल्क नतिरेको खण्डमा शुल्क भुक्तान नगरेसम्म हितग्राहीको खाता फ्रिज हुने जनाएको छ ।
साथै मेरो शेयर प्रयोग गरिरहेका ग्राहकहरुले प्रयोगमा आएको एक वर्षभित्र उक्त सेवा नविकरण गर्न आग्रह गरेको छ । समयमै नविकरण नगरेमा सेवा बन्द हुने भएकोले नविकरणको समयमै सेवा बापतको रकम ५० रुपैयाँ भुक्तानी गर्न समेत बैंकले आग्रह गरेको छ ।