काठमाडौं । सिभिल बैंक लिमिटेडले १ लाख ५६ हजार ५४६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ ।
विक्री गर्न लागेको शेयरमध्ये महेन्द्रनाथ कर्माचार्यको नाममा रहेको ३५ हजार कित्ता, भक्त लाल श्रेष्ठको नाममा रहेको ६ हजार ५४६ र गिरेन्द्र मान सिंह श्रेष्ठको नाममा १ लाख १५ हजार कित्ता शेयर विक्री गर्न निवेदन दिएका थिए ।
सो शेयर खरीदको लागि बैंकको केन्द्रीय कार्यालय सिभिल ट्रेड सेन्टर सुन्धारा काठमाडौं स्थित कम्पनी सचिवको कार्यालय वा शेयर शाखामा निवेदन दिन बैंकले आग्रह गरेको छ ।
उक्त शेयर खरीदका लागि कम्पनीका संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । उक्त समय अवधिमा शेयर खरीद गर्न केही लिखित जानकारी नआएमा अन्य प्रचलित कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई विक्री गर्ने बैंकले जनाएको छ ।