IME Life
GBIME

प्रभु बैंकका ग्राहकले कुश्माको दि क्लिफमा छुट पाउने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्रभु बैंकका ग्राहकले पर्वतको कुश्मा स्थित दि क्लिफमा छुट पाउने भएका छन् । सम्झौतामा बैंकका तर्फबाट गण्डकी प्रदेश मुख्य व्यवसाय केन्द्र अधिकारी शांन्ती शेरचन र दि क्लिफ प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत ईश्वर ध्वज कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले दि क्लिफ प्रा.लि.द्धारा सञ्चालित स्काई साइक्लिङ्ग, स्काई क्याफे, तथा स्काई ग्लाइडिङ्ग गतिविधिमा १० प्रतिशत छुटका साथै बन्जी जम्पिङ र स्विङ्ग गतिविधि बुकिङ्ग गर्दा यी ६ गतिविधि ९स्काई चियर्, विइसीङ ह्याण्ड, हर्स राइडिङ, क्रेज ब्रिड्ज, जाइन्ट पिङ्ग, तथा फ्यामिली पिङ्ग० मध्य कुनै एक गतिविधिमा निःशुल्क सेवा प्राप्त हुने भएको छ ।

Crest

सम्झौता अन्तर्गत दि क्लिफ प्रा.लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, दि क्लिफ प्रा.लि का सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS