काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले ८ लाख ८० हजार संस्थापक शेयर जेठ २४ गतेदेखि लिलामीमा ल्याएको हो । विद्यमान संस्थापक शेयरधनीलगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संघ र संस्थाले असार ७ गते कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४१ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने छ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ ।
कम्पनीले कार्यालय समयसम्म प्राप्त भएका बोलपत्र असार ८ गते दिउँसो १ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने जानकारी दिएको छ । विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।