काठमाडौं । आज पनि शेयरमा गिरावट आएको छ । आज ४९ दशमलव ३१ अंकले नेप्से घटेर १८८४ दशमलव ८१ को विन्दुमा कायम भएको छ । आज ४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १९१ कम्पनीको शेयर मुल्य घटेको छ । आज पनि सबै उपसूचक घटेका छन् ।
आज सबैभन्दा धेरै प्रभु बैंक प्रोमोटर शेयरको कारोबार भएको छ । कम्पनीको ११ करोड ८३ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ ।
नेपाल टेलिकमको १० करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ५ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड ३५ लाख रुपैयााको शेयर कारोबार भएको छ ।