काठमाडौं । मोरङ्ग इनर्जी लिमिटेडले वार्षिक साधारणसभा असार २७ गते गर्ने भएको छ । कम्पनीको असार ३ गते बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो । सभा कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा दिउँसो १ बजे हुने कम्पनीले जनाएको छ ।
उक्त सभामा संचालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने तथा आर्थिक वर्ष २०७७/७८ को बासलात, नाफा नोक्सान हिसाब गरी सोही अवधिको नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्नेछ ।
साथै, सभाले आर्थिक वर्ष २०७८/८९ को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा प्रबन्धपत्र नियमावली संशोधन गर्ने एजेण्डाहरु रहेका छन् ।