Connect IPS
IME Life

श्वेत गंगा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले निष्काशन तथा विक्री खुला गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरूका लागि आइपीओ निष्काशन गरेको हो । कम्पनीले पहिलो चरणमा जारी पूँजी १ अर्ब ५९ करोड ३० लाखको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित दरको १५ लाख ९३ हजार कित्ता शेयर स्थानीयमा विक्री गरेको हो ।

कुल कित्ता आईपीओमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नं २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गा।पा। वडा नं ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि ७० प्रतिशत अर्थात ११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाईन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गा।पा। को वडा नं ५, ६ र ७ र मन्थली न.पा.को वडा नं ११, १२ र १३ तथा रामेछाप न.पा.को वडा नं १ र ३ का बासिन्दाका लागि ३ लाख ९८ हजार २५० कित्ता र रामेछाप जिल्लाको लिखु तामाकोशी गा।पा। को वडा नं १ र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको वडा नं १, २ र ३ का लागि ७९ हजार ६५० कित्ता शेयर विक्री गरेको हो ।

Prabhu
Crest

यस आइपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । यस आइपीओलाई केयर रेटिङ नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी आइएस रेटिङ प्रदान गरेको छ ।

स्थानीयहरूले आइपीओ खरीदका लागि नेपाल एसबिआई बैंकको यसम शाखा, सांग्रिला डेभलपमेन्ट बैंकको मन्थली शाखा र कम्पनीको आयोजनास्थलहरूबाट आवेदन दिन सक्नेछन् । साथै, सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS