Connect IPS
IME Life

बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड, भाग्यमानी १ लाख ३६ हजार ५ सय जनाले पाए १० कित्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्बसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले आज क्यापिटलको कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।

कम्पनीको आइपीओमा १७ लाख ९१ लाख ८ सय ९५ जनाको आवेदन परेकोमा २ हजार ७ सय ३८ जनाको आवेदन रद्द भएको छ। १७ लाख ८९ हजार १ सय ५७ जना आवेदक योग्य भएका छन् । आइपीओमा माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ ।

Prabhu
Crest

गोलाप्रथाबाट १ लाख ३६ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १६ लाख ५५ हजार ३ सय ९५ जना आवेदक हात खाली भएको छ ।

कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गते सर्बसाधारणलाई १५ लाख कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता आईपीओ वितरण गरेको हो । कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात् ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आइपीओ विक्री गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ विक्री गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS