काठमाडौं । नेपाल बैंकले ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्टलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । जसका लागि बैंक र इन्भेष्टमेन्टबीच सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे ।
प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्काशन गर्नेछ । बैंकले १,००० अंकित दरको २५ लाख कित्ताले हुन आउने २ अर्ब पचास करोड रकम बराबरको “१०.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८४” जारी गर्न लागेको हो । उक्त ऋणपत्रको अवधि ५ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ ।
काठमाण्डौं, धर्मपथ स्थित मुख्य कार्यालय रहेका नेपाल बैंक लिमिटेडले देशका ७ वटै प्रदेशमा आफ्नो शाखाहरु विस्तार गरी उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
२०७९।०३।०१