काठमाडौं । मर्जरको सहमति पत्रमा हस्ताक्षर गरेका ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको शेयर कारोबार रोक्का भएको छ । दुबै बैंकले हिजो साझ मर्जरमा जाने सहमति गरेका थिए । मर्जरमा जाने सहमति सँगै दुबै बैंकको सञ्चालक समितिले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गर्ने निर्णय पारित गरेका थिए ।
उक्त निर्णय सँगै ग्लोबलको तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल र बैंक अफ काठमाण्डूको तर्फबाट अध्यक्ष प्रकाश श्रेष्ठले आज विहान ८ बजे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । बराबरी हैसियतमा एक आपसमा गाभ्ने गाभिने गरि मर्जरको सहमति गरेकाले दुबै बैंकको शेयर कारोबार रोक्का गरिएको छ । अव मर्जर सफल भएर एकिकृत कारोबार पछि मात्रै दोस्रो बजारमा शेयर कारोबार फुकुवा हुनेछ ।