Connect IPS
IME Life

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू विच मर्जरको सहमति, देशकै ठुलो बैंक बन्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू विच मर्जर हुने भएको छ । दुबै बैंकले एक आपसमा गाभ्ने गाभिने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । आजै विशेष समारोह विच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठ विचमा एक आपसमा गाभ्ने गाभिने सहमतिपत्रमा हस्ताक्षर भएको छ । बराबरी हैसियतमा मर्जर गर्ने सहमति भएको हो ।

दुई बैंक विच मर्जर भए सँगै सर्वाधिक ठुलो हुनेछ । हाल ग्लोबल आइएमईको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ भने बैंक अफ काठमाण्डूको १० अर्ब ६२ करोड रुपैयाँ रहेको छ । मर्जर सफल भए सँगै चुक्ता पूँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ । अहिले नै ग्लोबल आइएमई सर्वाधिक ठुलो बैंक हो । अव झन् ठुलो बैंक बन्ने भएको छ ।

Prabhu
Crest

हाल ग्लोबलको जगेडा कोषमा १० अर्ब  ३० करोड रुपैयाँ रहेको छ भने बैंक अफ काठमाण्डूको ४ अर्ब  २८ करोड रुपैयाँ छ । मर्जर पछि जगेडा कोषमा १४ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ । पूँजी कोष भने ५० अर्ब नाघ्नेछ ।

दोस्रो बजारमा ग्लोबलको शेयर मूल्य २५१ रुपैयाँ रहेको छ भने बैंक अफ काठमाण्डूको २२७ रुपैयाँ रहेको छ । सर्वसाधारण शेयरधनीहरुलाई भने शेयर मूल्यले खासै असर पर्ने देखिदैन । यसमा बैंक अफ काठमाण्डूका शेयरधनीले भने केहि लाभ लिने देखिन्छ ।

निक्षेप तर्फ भने ग्लोबलको २ खर्ब ७१ अर्ब रुपैयाँ छ भने बैंक अफ काठमाण्डूको एक खर्ब ४ अर्ब रुपैयाँ रहेको छ । मर्जर पछि तीन खर्ब ७९ अर्ब रुपैयाँ पुग्नेछ । कर्जा लगानी तर्फ ग्लोबलको २ खर्ब ६८ अर्ब रुपैयाँ रहेको छ भने बैंक अफ काठमाण्डूको एक खर्ब २ अर्ब रुपैयाँ रहेको छ । मर्जर पछि कर्जा लगानी तीन खर्ब ७० अर्ब नाघ्नेछ ।

ग्लोबलको प्रतिशेयर आम्दानी २० रुपैयाँ छ भने बैंक अफ काठमाण्डूको १० रुपैयाँ मात्रै छ । ग्लोबलको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ छ भने बैंक अफ काठमाण्डूको १५७ रुपैयाँ छ । बैंक अफ काठमाण्डूको नेटवर्थ राम्रो भएकाले बराबरी हैसियतमा मर्जर भएको देखिन्छ ।

मर्जर पछिको बैंकको अध्यक्षमा चन्द्र ढकाल नै रहनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य हुनेछन् । ग्लोबल आइएमईले २ वर्ष अगाडी मात्रै जनता बैंकलाई गाभेर सर्वाधिक ठुलो बैंक भएको थियो । जनता सँगको सफल मर्जर पश्चात बैंकले अझै ठुलो बैंक बनाउने अभिलासाका साथ यो मर्जरको सहमति गरेको हो ।

नेपाल राष्ट्र बैंकले अन्य बैंकहरुलाई मर्जरमा जान दवाव दिदै गर्दा ग्लोबल आइएमईको यस मर्जरले अर्को दवाव सिर्जना गरेको छ । नेपाल राष्ट्र बैंकले यहि असार भित्रमा मर्जरमा नजाने बैंकहरुलाई राष्ट्र बैंकले दिदै आएको सुविधा नदिने घोषणा गरिसकेको छ । मर्जर लगायतका अन्य सुविधाका लागि पनि बैंकहरु मर्जरको दवावमा छन् । नेपाल राष्ट्र बैंक बाणिज्य बैंकको संख्या घटाएर १२/१४ वटामा झार्ने रणनीतिमा छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS