IME Life New
GBIME

चैतमा बढुवा भएका उप निर्देशकले प्रादेशिक कार्यालयको नेतृत्व सम्हाल्दै, नियमनको दायरा बढाउदै बीमा समिति

SPIL
NLIC

काठमाडौं । बीमा समितिले गत चैत महिनामा बढुवा भएका तीन उपनिर्देशकलाई प्रादेशिक कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ । समितिले सुदुरपश्चिम प्रदेशको धनगढी कार्यालयको प्रमुखमा ओम बहादुर अधिकारीलाई नियुक्त गरेको छ । त्यस्तै कर्णाली प्रदेशको सुर्खेत कार्यालय प्रमुखमा पदम प्रसाद सोडारी र मधेस प्रदेशको विरगञ्ज कार्यालय प्रमुखमा कुसुम शर्मा नियुक्त भएकी छिन् ।

कर्णाली प्रदेश कार्यालयमा उप निर्देशक पदम सोडारीले आजैदेखि कार्यभार सम्हालिसकेका छन् । उनि सँगै सहायक निर्देशक द्धय राजेन्द्र महर्जन र चिनिया लामा छन् भने कार्यालय सहयोगीमा दिपक प्याकुरेल छन् । अन्य कार्यालयमा पनि तोकिएका कर्मचारी पुग्दै छन् ।

Crest

बीमा समितिको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले प्रादेशिक कार्यालय खोल्ने निर्णय गरेको थियो । समितिले काठमाडौंबाट मात्रै सेवा प्रवाह गर्दै आएकोमा अव प्रादेशिक स्तरमा पनि आफ्नो सेवा विस्तार गर्ने भएको हो ।

समितिले संघियताको मर्म अनुसार आफ्नो सेवालाई प्रादेशिक रुपमा विस्तार गरेको हो । प्रदेश स्तरका कार्यालयहरुले बीमित तथा बीमकको गुनासो सुन्ने, अभिकर्ता तालिम, सर्भेयरको तालिम दिनेछन् ।

समितिले कर्मचारी खटाए पनि औपचारिक उद्घाटन भने गरेको छैन । अर्थमन्त्रीलाई नै शाखा कार्यालय उद्घाटन गर्न लैजाने बीमा समितिको योजना छ । खटाइएका कर्मचारीहरुले आवस्यक प्रकृयाँ पुरा गरेपछि बल्ल अर्थमन्त्रीले औपचारिक रुपमा उद्घाटन गर्ने छन् ।

बीमा समितिले केहि समयमै प्रादेशिक स्तरका लघु बीमा कम्पनीको लाइसेन्स खुलाउदैछ । यसका लागि पनि समितिले शाखा कार्यालय खोलेको हो । लघु बीमा कम्पनीहरुलाई लाइसेन्स दिदा तोकिएको प्रदेशमै केन्द्रिय कार्यालय खोल्नु पर्ने व्यवस्था गरिदैछ । यसो गर्दा सम्बन्धित लघुबीमालाई बीमा समितिको प्रादेशिक कार्यालयले नियमित सुपरिवेक्षण तथा नियमन गर्नेछ ।

अहिले पनि बीमा समितिले बीमा कम्पनीहरुको उपत्यका बाहिरका शाखा कार्यालयको नियमन र सुपरिवेक्षण गर्न सकिरहेको छैन । अव प्रादेशिक कार्यालयले सम्बन्धित प्रदेशमा रहेका बीमा कम्पनीका शाखा कार्यालयलाई नियमन गर्नेछ । समितिले शाखाहरुलाई केहि अधिकार प्रत्यायोजन पनि गर्ने भएकाले सम्बन्धित शाखाहरु आफैमा शक्तिशाली हुनेछन् ।

प्रादेशिक कार्यालयको प्रमुखमा कसलाई पठाउने भन्ने विषयमा बीमा समिति अन्योलमा थियो । यसमा विवाद आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै भर्खरै बढुवा भएका उपनिर्देशकलाई पठाइएको हो । त्यस्तै प्रादेशिक स्तरमा खटिएका कर्मचारीहरुको भोलिका दिनमा बढुवा प्रकृयाँमा मूल्याङ्कन हुने बीमा समितिले जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS