काठमाडौं । बीमा समितिले हप्तामा दुई दिन विदा दिने निर्णय खारेज गर्ने भएको छ । नेपाल सरकारले परिक्षणको रुपमा जेठ १ गतेदेखि लागू गरेको आइतवारको विदालाई समितिले खारेज गर्ने भएको हो ।
नेपाल सरकार मन्त्रिपरिषदको जेठ २३ गते बसेको बैठकले दुई दिने विदा खारेज गर्ने निर्णय गरेको थियो । सोही अनुरुप समितिले पुरानै कार्यालय समय तोकेको छ । समितिले नेपाल राज्यभरका सबै बीमा कम्पनीहरुमा आइतवारदेखि विहिवारसम्म २०७९ असार गतेदेखि लागू हुनेगरी कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म तोकेको छ । साथै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म तय गरिएको छ । शुक्रबारको दिन भने विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म रहने समितिले जनाएको छ ।