Connect IPS
IME Life

हिमालयन हाइड्रोपावरको आइपीओ बाँडफाँड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आइपीओ बाँडफाँड गरेको छ । कम्पनीले स्थानीयमा बैशाख २५ गतेदेखि जेठ २३ गतेसम्म विक्री गरेको थियो । उक्त अवधिभित्र प्राप्त आवेदनमध्ये रितपूर्वक आवेदन दिने आवेदकहरूलाई जेठ ३१ गते आइपीओ बाँडफाँड गरिएको हो ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा आईपीओ बाँडफाँड गरिएको हो । शेयरको बाँडफाँड गर्ने क्रममा कास्की जिल्लाको आयोजना प्रभावित क्षेत्रमा रहेका संकलन केन्द्रहरू तथा आस्बा प्रणालीबाट आवेदन दिने ६७८ जना आवेदकहरूबाट २ लाख ८४ हजार ४८६ कित्ता शेयरका लागि आवेदन प्राप्त भएको थियो ।

Prabhu
Crest

जसमध्ये २३ जना आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूको समेत आवेदन पर्न आएकोले उनीहरूबाट माग भएको २ हजार ७३६ कित्ता शेयरको लागि प्राप्त भएको आवेदन रद्द गरिएको छ । रितपूर्वक आवेदन दिने ६५५ जना आवेदकहरूबाट प्राप्त २ लाख ८१ हजार ७५० कित्ता शेयरको आवेदनलाई बाँडफाँडमा सहभागी गराईएको विक्री प्रबन्धकले जनाएको छ ।

स्थानीयमा वितरण हुन नसकेको बाँकी शेयर भने कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ जारी गर्दा विक्री गर्नेछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दाहरुका लागि प्रतिशेयर १०० मूल्यका ९ करोड बराबरको ९ लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS