काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आजदेखि लिलामीमा शेयर विक्री गर्दैछ । सेञ्चुरी कमर्सियल बैंकले २ हजार ८१८ कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा ल्याउन लागेको हो ।
उक्त शेयरमा योग्य संस्थापक शेयरधनी, सर्वसाधारण, व्याक्ति, कम्पनी, संघ संस्थाहरुले सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यालयहरु, विराटनगर, वीरगञ्ज, नारायणगढ, बुटवल, नेपालगञ्ज, पोखरा, धनगढीतथा सुर्खेत शाखमा आईपुग्ने गगरी असार ८ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । शेयर खरीदका लागि आवेदन दिदा सम्पूर्ण कित्ता अर्थात् २ हजार ८१८ कित्ताका लागि आवेदन दिनुपर्ने कम्पनीले जानकारी दिएको छ । विक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।