Connect IPS
IME Life

सिद्धार्थ बैंकले ल्यायो अनलाईनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले अनलाईनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा संचालनमा ल्याएको छ । बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहक महानुभावहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो ।

अब नयाँ डिम्याट खाता खोल्न परेमा ग्राहक महानुभावहरुले भौतिक रुपमा बैंक सम्म उपस्थित नभई घरबाटै डिम्याट खाताका लागि आवेदन दिन ससक्नेछन् । यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई (EasyBank > Demat Services > Demat Account) वा सोझै “https://onlinedemat.siddharthacapital.com/” मा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाईन मार्फत आवेदन दिन सक्नेछन् । ग्राहकहरुले डिम्याट खाताको लागि आवेदन दिनुका साथै मेरोशेयर र सीआरएनको लागि समेत आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

ग्राहकरुले पेस गरेको आवेदनलाई सिद्धार्थ क्यापिटलले डिम्याट खाता खोल्ने प्रक्रिया अघि बढाई फ्रिज स्थितिमा डिम्याट खाता खोल्नेछन् । डिम्याट खाता खोलीसके पश्चात् ग्राहकहरुलाई व्यक्तिगत प्रमाणीकरणको लागि परिचय खुल्ने कागजातहरू सहित ६० दिन भित्र नजिकको बैंक शाखा वा क्यापिटलमा उपस्थित हुन इमेल र एसएमएस मार्फत जानकारी गराइने बैंकले जनाएको छ ।

ग्राहकहरुले परिचय खुल्ने कागजातहरू सहित स्वयं उपस्थित भए पश्चात बैंकले उक्त कागजातहरू प्रमाणीकरण गरी डिम्याट खाता सक्रिय गर्नेछ । साथै, ग्राहक महानुभावहरुले मेरा ेशेयर र सीआरएनको लागि आवेदन दिनु भएको छ भने मेरो शेयर र सीआरएनको प्रक्रिया अघि बढाई ग्राहक महानुभावहरुलाई आवश्यक विवरणहरु इमेल मार्फत प्रदान गरिने जनाएको छ ।

बैंकले ल्याएको अनलाईन मार्फत डिम्याट खाताका लागि आवेदन दिन सकिने व्यवस्थाले ग्राहकहरु बैंकमा पुगेर लामो समयसम्म लाइनमा बस्नु नपर्ने र समयको बचत हुनुका साथै ग्राहकहरुलाई थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यस व्यवस्थाले बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बन्ने विश्वास बैंकले लिएको छ ।

यस बारे विस्तृत जानकारीको लागि नजिकैको शाखा कार्यालय वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा सम्पर्क गरी जानकारी लिन सकिने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS