Connect IPS
IME Life

असार एक गतेदेखि बैंकहरु शनिवार मात्रै बन्द हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पुर्ण विभाग, महाशाखा, कार्यालय, इकाईहरु तथा तिनमा काम गर्ने कर्मचारीको विदा तथा कार्यालय समय पहिलाकै अवस्था अनुसार प्रदान गर्ने निर्णय गरेको छ । जेठ एक गतेदेखि प्रत्येक शनिवार र आइतबार सार्वजनिक विदा दिने तथा कार्यालय समय थप गर्ने यस अघिको निर्णय गभर्नर अधिकारीले खारेज गर्ने निर्णय गरेका हुन् ।

गभर्नरको कार्यालयको जेठ ३० गते बसेको बैठकले जेठ एक गतेको निर्णय खारेज गर्दै पुर्ववत अवस्थामै विदा दिने निर्णय गरेको हो । उक्त निर्णय बदर भए सँगै २०७९ सालको निर्धारित बैंक विदाको सूची, कार्यालय समय र बैंकिङ कारोबार समय सम्बन्धी पूर्ववत् अवस्थामै असार एक गतेदेखि लागु हुने राष्ट्र बैंकले जनाएको छ ।

Prabhu
Crest

राष्ट्र बैंकको यहि निर्णय अन्य बैंक तथा वित्तीय संस्थाहरुका लागि पनि लागु हुनेछ । नेपाल राष्ट्र बैंकले आफ्नो कार्यालय प्रयोजनका लागि जारी गरेका कतिपय निर्देशनहरु अन्य बैंक तथा वित्तीय संस्थाहरुले पनि पालना गर्ने गरेको पाइन्छ । राष्ट्र बैंकको क्यालेन्डर अनुसार आफुलाई पनि सञ्चालन गर्न उनिहरुले अनुसरण गर्ने गरेका हुन् ।

नेपाल सरकारले गत जेठ एक गतेदेखि परिक्षणको रुपमा सातामा दुई दिन विदा दिने निर्णय गरेको थियो । तर सरकारको यो निर्णयको चौतर्फी विरोध भए पछि असार एक गतेदेखि लागु हुने गरी उक्त निर्णयलाई खारेज गरी पुर्ववत अवस्थाकै विदा कायम रहने निर्णय गरेको थियो ।

bwh_notice

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS