Connect IPS
IME Life

नेप्सेमा सिवाईसी नेपाल लघुवित्तको आइपीओ सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सिवाईसी नेपाल लघुवित्तको आइपीओ सूचिकृत भएको छ । नेप्से र कम्पनीबीच आज सुचिकरण सम्बन्धी सम्झौता भएसँगै आइपीओ सूचिकृत भएको हो । कम्पनीको आइपीओ सिवाइसिएल’ सिम्बोलबाट कारोबारमा आउनेछ । लघुवित्तको १०० रुपैयाँ अंकित दरको १२ लाख १६ हजार ४१८ कित्ता शेयर सूचिकृत भएको हो ।

लघुवित्तको आइपीओले पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज ३४४ रुपैयाँ ३६ पैसादेखि १०३३ रुपैयाँ ८ पैसासम्म पाउने देखिएको छ । नेप्सेले पहिलो शेयर कारोबारको लागि कम्पनीको प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

Prabhu
Crest

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरका ३ लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको थियो । कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये जारी पूँजीको ० दशमलव ५० प्रतिशत अर्थात ६ हजार ८२ कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको थियो । त्यस्तै ५ प्रतिशत शेयर अर्थात १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोषहरुमा बाँडफाड गरी बाकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिने व्यवस्था थियो ।

आइपीओमा कुल २२ लाख ५ हजार ६ सय ६३ जनाको आवेदन परेको थियो । गोलाप्रथाबाट ३६ हजार ९ सय ४८ जनाले १० कित्ताको दरले शेयर पाएका थिए। जसमध्ये ८ जनाले थप १ कित्ता गरी ११ कित्ता शेयर पाएका थिए । आवेदन दिएकामध्ये २१ लाख ६८ हजार ६ सय ८५ जना आवेदकको हात खाली भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS