काठमाडौं । जानकी फाइनान्सले २१ हजार २६४ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले मनोज कुमार सिंहको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको हो ।
कम्पनीले उक्त शेयर खरीद गर्नका लागि पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित निवेदन दिन आग्रह गरेको छ ।
यसअवधिमा संस्थापक शेयरधनीको निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई विक्री गरिने कम्पनीले जनाएको छ ।