Connect IPS
IME Life

दोर्दी खोला जलविद्युतको आइपीओमा २ लाख ९६ हजारको पर्यो आवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले निष्काशन गरेको आइपीओ पहिलो दिन २ लाख ९६ हजार १३ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीवार साँझ साढे ५ बजेसम्म यी आवेदकहरुले ३५ करोड ८० लाख ४८ हजार बराबारको ३५ लाख ८० हजार ४८० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा १. ७७ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले पहिलो चरणमा कम्पनीले वैशाख १३ गतेदेखि जेठ ५ गतेसम्म आयोजना प्रभावित लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरको १० लाख ५४ हजार २६० कित्ता आईपीओ विक्री खुला गरेको थियो ।

Prabhu
Crest

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये ३ प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिसकिएको छ । बाँकी २० लाख १९ हजार ८६९ कित्ता आईपीओ भने सार्वजनिक निष्काशन गर्दैछ ।

यस आइपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतममा १७ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । छिटो अवधि जेठ ३१ गतेसम्म तोकिएको यो आइपीओ सो अवधिभित्र विक्री नभएमा भने ढिलो अवधि असार ९ गतेसम्म विक्रीमा रहनेछ ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । आवेदबले विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट समेत आवेदन दिन पाउने व्यवस्था छ । साथै मेरो शेयर एप वा वेबसाइटमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले लमजुङ जिल्लामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत् आयोजना निर्माण गर्दैछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS