काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । यस क्यापिटल र ग्लोबल आइएमई बैंक लिमिटेडका शाखा कार्यलयहरु मार्फत डिम्याट खाता खोलेका हितग्राहीलाई आर्थिक वर्ष २०७८र७९ सम्म डिम्याट सञ्चालन गरे बापत वार्षिक शुल्क १०० बुझाउन आग्रह गरेको हो ।
हितग्राहीहरुले असारमसान्त भित्र आइएमई पे, ई सेवा र कनेक्ट आईपीएस, खल्ती डिजिटल बालेट, प्रभु पे र ग्लोबल आईएमई बैंकको ई बैंकिङ मार्फत उक्त शुल्क बुझाउन सक्नेछन् ।
तोकिएको समयावधि असान्त मसान्त भित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुनेछ । साथै, मेरो शेयर सेवा लिएका हितग्राहीहरुले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरिसक्नु पर्नेछ ।
यस अवधिमा नविकरण नगरेमा सो सेवा स्वतः बन्द हुने भएकलो समयमै नविकरण गर्न पनि भनिएको छ ।साथै हितग्राहीहरुको डिम्याट खातामा बैंक खाता अद्यावधिक नभएको हकमा समेत अद्यावधिक गर्न क्यापिटलले आग्रह गरेको छ ।