काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी आजदेखि उक्त शेयर विक्री गर्न लागेको हो ।
कम्पनीले संस्थापक शेयरधनी तारा भण्डारीको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको हो । उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले तोकिएको मितिभित्र कम्पनीको कर्पोरेट कार्यालय सितापाईला, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने कम्पनीले जनाएको छ ।