काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको लिलामीमा शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
क्यापिटलले उत्त कम्पनीको ५० हजार कित्ता संस्थापक शेयर जेठ १८ गतेदेखि लिलामीमा ल्याएको हो । ईच्छुक सम्बन्धीत कम्पनीको विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आज जेठ २५ गते बुधवार कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न पर्नेछ । आवेदकले शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन भने अधिकतम सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सक्नेछन् ।