काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको छ । संस्थाको गत पुस १० गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनश शेयर कम्पनीले धितोपत्र दोस्रो बजारमा सूचिकृत पश्चात हितग्राही खातामा जम्मा गरेको जनाएको छ ।
२०७८ साल मंसिर ३० गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरूको बोनश शेयर हितग्राही खातामा जम्मा गरिसकिएको र त्यसपछि शेयर अभौतिकीकरण गराएका सदस्यको हकमा क्रमश गराउँदै जाने कम्पनीले जनाएको छ ।
साथै, हालसम्म शेयर अभौतिकीकरण नगराएकाहरूलाई यथासिघ्र गराउन कम्पनीले आग्रह गरेको छ ।