काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत पुस ७ गते सम्पन्न गरेको आठौं वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको जनाएको छ ।
कम्पनीले गत मंसिर २३ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको र उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने कम्पनीले जनाएको छ ।
यस अवधिसम्ममा शेयर अभौतिकीकरण नगराएका शेयरधनीलाई यथाशिघ्र शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । कम्पनीको उक्त २० प्रतिशत बोनश शेयर नेपाल स्टक एक्सचेञ्जमा बैशाख १९ गते सूचिकृत भइसकेको छ ।