काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असार ८ गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकले शत प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गर्दै विशेष साधारण सभा आब्हान गरेको हो । सभा होटल पौवा, टाडी, चितवनमा बिहान ११ बजे सभा गर्ने बैंकले जनाएको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी २६ करोड २४ लाख ६७ हजारको आधारमा १ः१को अनुपात अर्थात शत प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो । हकप्रद पश्चात् कम्पनीको चुक्तापूँजी ५२ करोड ४९ लाख ३५ हजार २०० पुग्नेछ ।
सधारण सभा प्रयोजनका लागि जेठ ३० गते एक दिन बुक क्लोज गर्ने निर्णय कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा जेठ २९ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन योग्य हुनेछन् ।