काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले आजदेखि ८ लाख ८० हजार कित्ता संस्थापक शेयर विक्री गर्दैछ । कम्पनीले प्रतिकित्ता १४१ रुपैयाँ मूल्य तोकेर उक्त शेयर विक्रीमा ल्याएको हो । शेयरमा असार ७ गतेसम्म खरिद गर्न सकिनेछ ।
शेयर खरीदका लागि जो कोहि व्यक्ति तथा संस्थाहरूले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । शेयर खरीदका लागि आवेदन दिदाँ तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने बैंकले जनाएको छ ।
तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र असार ८ गते अपरान्ह ३ बजे विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालय कमलपोखरी, काठमाडौंमा खोलिने जनाएको छ ।