काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी इन्द्र बरालीले पाएका छन् । हाललाई कम्पनीमा बरिष्ठ अधिकृत पदमा कार्यरत बरालीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको कम्पनीले जनाएको छ ।
कम्पनीको जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकत श्रीराम पोख्रेल र स्वतन्त्र सञ्चालक तिल कुमारी गुरुङ्गले दिएको राजीनामा स्वीकृत गरेको हो ।