Connect IPS
IME Life

मन्दाकिनी हाइड्रोपावरले असार १ गतेदेखि आइपीओ निष्काशन गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले असार १ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० को १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका ५ लाख ८८ हजार ३ हजार ७०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

शेयर खरीदका लागि आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं २, ३, ४ र ६ ९साविककको सार्दिखोला गा।वि।स, घाचोक गा.वि.स, गाहाचोक गा.वि.स र धिताल गा.वि.सका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

आइपीओमा छिटोमा असार १५ गतेसम्म आवेदन दन सकिनेछ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असार ३० गतेसम्म विक्रीमा रहनेछ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी प्लस आइएस रेटिङ प्रदान गरेको छ ।

आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ । ईच्छुक खरीदकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ खरीदका लागि मन्दाकिनी हाइड्रोपावरको रजिष्ट्रार कार्यालय, सिनामंगल, काठमाडौं, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS