काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नयाँ मन्त्रीको सिफारिस गरेको छ । सरकारमा रहेको वर्तमान मन्त्रीलाई फिर्ता बोलाएसँगै नेकपा (एस) का अध्यक्ष माधव कुमार नेपालले नयाँ मन्त्रीको नाम सिफरिस गरेको हो ।
उक्त सिफारिस अनुरुप स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको स्थानमा भवानी खापुङलाई सिफारिस गरेको छ । पर्यटनमन्त्री प्रेम बहादुर आलेलाई फिर्ता बोलाएसँगै पर्यटन मन्त्रीमा जीवनराम श्रेष्ठलाई सिफारिस गरेको छ । साथै शहरी मन्त्रीमा भने मेटमणि चौधरीको नाम सिफारिस गरिएको छ ।
श्रममन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाएसँगै शेर बहादुर कुँवरलाई सिफारिस गरिएको छ । साथै स्वास्थ्य राज्यमन्त्रीमा भने हीरा केसीको नाम सिफारिस गरिएको नेकपा (एस) ले जनाएको छ ।