Connect IPS
IME Life

एक्चुरी मूल्याङ्कन : तीन कम्पनी बाहेक सबैले लिए सैद्धान्तिक स्वीकृति, मेट लाइफको मात्रै सकियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले अझै पनि गत आर्थिक वर्ष २०७७/७८ को एक्चुरी प्रतिवेदन तयार पार्न सकेका छैनन् । बीमा समितिका अनुसार अहिलेसम्म मेट लाइफ बाहेक कुनै पनि जीवन बीमा कम्पनीले एक्चुरी प्रतिवेदन बुझाउन सकेका छैनन् ।

बीमा समितिबाट अझै पनि गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा संस्थानले सैद्धान्तिक स्वीकृति लिएका छैनन् । जीवन बीमा कम्पनीहरुले एक्चुरियल मूल्याङ्कनका लागि बीमा समितिबाट सैद्धान्तिक सहमति लिनु पर्छ । यसका लागि कम्पनीले अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन समेत बुझाउनु पर्छ ।

Prabhu
Crest

मर्जरको सम्झौता गरेको गुराँसले अझै पनि एक्चुरियल मूल्याङ्कन गर्ने छाटकाट छैन । जवकी मर्जर यहि असार भित्र सम्पन्न गरेर साउन पहिलो साताम एकिकृत कारोबार गर्ने सहमति समेत भइसकेको छ ।

राष्ट्रिय बीमा संस्थानले बल्ल आर्थिक वर्ष २०७३/७४ सम्मको लेखापरीक्षण प्रतिवेदन तयार पारेको छ । कम्पनीले अझै ५ आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन गर्न बाँकी छ । त्यसैले यस कम्पनीको प्रतिवेदन आउन अझै केहि समय लाग्नेछ ।

बीमा समितिले कम्पनीहरुलाई समयमै एक्चुरियल मूल्याङ्कन गरी लेखापरीक्षण प्रतिवेदन तयार पार्न निर्देशन दिदै आएको छ । समयमा लेखापरीक्षण सम्पन्न नगरी बस्ने केहि कम्पनीहरुलाई समितिले कारबाही पनि गरिसकेको छ । अव आर्थिक वर्ष सकिन दुई महिना पनि बाँकी छैन । तर जीवन बीमा कम्पनीहरुले लेखापरीक्षत र परै जाओस एक्चुरियल मूल्याङ्कन पनि गर्न सकेका छैनन् ।

यस वर्ष अघिल्लो आर्थिक वर्षकै लेखापरीक्षण समयमा नहुँदा ढिलाइ भएको हो । साउनदेखि चालु आर्थिक वर्षको लेखापरीक्षण अगाडी बढाउनु पर्नेमा जीवन बीमा कम्पनीहरुले अघिल्लैको नसक्ने अवस्था देखिएको छ ।

जीवन बीमा कम्पनीहरुले नेपालमा एक्चुरी नहुँदा मूल्याङ्कन गर्न कठानाई हुने गरेको भन्ने गर्छन् । तर जीवन बीमा कम्पनीहरु आर्थिक वर्ष सकिएको दुई तीन महिना लेखापरीक्षणको काम पनि अगाडी बढाउदैनन् ।

त्यस पछि बल्ल आन्तरिक लेखापरीक्षकहरु मार्फत काम सुरु गर्छन् । जसले गर्दा एक्चुरियल मूल्यको सैद्धान्तिक स्वीकृतिमै समय लाग्छ । विश्वका अन्य देशहरुले आर्थिक वर्ष सुरु भएदेखिनै आन्तरिक रुपमा एक्चुरीहरुबाट मूल्याङ्कन सुरु गर्छन् । आन्तरिक रुपमा पुरै तयारी गर्ने भएकाले उनिहरुले ६ महिना भन्दा लामो समय लगाउदैनन् ।

नेपालमा भने बीमा कम्पनीहरुले बीमा समितिबाट बल्ल तल्ला सैद्धान्तिक स्वीकृति लिएर मूल्याङ्कनका लागि विदेशी बीमा कम्पनीहरु समक्ष पुग्छन् । तर विदेशी एक्चुरीहरुले नेपाली बीमा कम्पनीहरुलाई खासै प्राथमिकतामा राख्दैनन् । उनिहरुलाई अन्तर्राष्ट्रिय तथ बहुराष्ट्रिय कम्पनीहरुबाटै राम्रो काम आउने र ठुलो पैसा कमाइ हुने भएकाले नेपाली बीमा कम्पनीलाई ध्यान नदिएका हुन् । तर नियम अनुसार बीमा कम्पनीहरुले सैद्धान्तिक सहमति पाएको ३० दिन भित्र एक्चुरियल मूल्याङ्न बुझाउनु पर्छ ।

अवको साउन भदौमा अधिकाम्स जीवन बीमा कम्पनीहरुको साधारणसभा गर्ने देखिएको छ । बीमा समितिले कम्पनीहरुलाई आन्तरिक रुपमा एक्चुरीका लागि आवस्यक पर्ने तयारी गर्न निर्देशन दिनु पर्ने देखिन्छ । ताकी कम्पनीहरुले समयसिमा भित्रै साधारणभा तथा सम्पन्न गर्न सकुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS