Connect IPS
IME Life

अपर सोलुको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, हालसम्म कतिले भरे ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने अन्तिम दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख २२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आइपीओ निष्काशन गरेको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १३ करोड ५० लाख बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका १३ लाख ५० हजार कित्ता शेयर निष्काशन गरिरहेको छ ।

उक्त आइपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्ला हाल सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । स्थानीयहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्ने छन्।

Prabhu
Crest

सिडिएस क्लियरिङका अनुसार उक्त आइपीओमा बिहीवार बिहान १० बजेसम्ममा ६ हजार १६७ जना आवेदकले १७ लाख ४५ हजार ९४० कित्ताका लागि आवेदन दिएका छन् ।

इक्रा नेपालले कम्पनीको आईपीओलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

आवेदकले विक्री प्रबन्धकसँगै स्थानीयले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन । यसका साथै सी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले सोलुखुम्बु जिल्लामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS