IME Life
GBIME

किसान लघुवित्तको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले किसान लघुवित्त वित्तीय संस्थाको बोनश शेयर पछिको मूल्य समायोजन गरेको छ । नेप्सेले २० प्रतिशत बोनश शेयरको मुल्य समायोजन पछि शेयर मूल्य १ हजार ८ रुपैयाँ ३३ पैसा तोकेको छ । कम्पनीले बिहीवार कायम अन्तिम शेयर मूल्य १ हजार २२० रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

Crest

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले जेठ २८ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा धनगढी, कैलालीमा बिहान ११ बजे सभा गर्ने जनाएको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS