Connect IPS
IME Life

बैशाख महिनासम्ममा जीवन बीमाको कुल बीमा शुल्क आर्जन एक खर्ब १० अर्ब नाघ्यो, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बैशाख महिनासम्ममा एक खर्ब १० अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । आर्थिक वर्ष सकिन दुई महिना बाँकी छदै जीवन बीमा कम्पनीहरुले ३१ अर्ब २६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन र ७९ अर्ब १३ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

बैशाख महिनासम्ममा सर्वाधिक धेरै नेपाल लाइफले २८ अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा प्रथम बीमा शुल्क आर्जन ५ अर्ब २१ करोड रुपैयाँ आर्जन गरेको छ भने नविकरण तर्फ २३ अर्ब १३ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

Prabhu
Crest

त्यस्तै दोस्रो नम्बरमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसनले बैशाख मसान्तसम्ममा १३ अर्ब ५२ करोड रुपयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । जसमा प्रथम बीमा शुल्क आर्जन २ अर्ब १५ करोड रुपैयाँ रहेको छ भने नविकरण तर्फ ११ अर्ब ३६ करोड रुपैयाँ छ ।

तेस्रो स्थानमा रहेको नेशनल लाइफले पनि समिक्षा अवधिमा १० अर्ब ९८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले प्रथम तीन अर्ब ४९ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा नविकरण तर्फ ७ अर्ब ४८ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

चौथो नम्बरमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले ७ अर्ब २४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क तर्फ ७९ करोड १६ लाख रुपैयाँ छ भने नविकरण तर्फ ६ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । नयाँ जीवन बीमा कम्पनीहरु मध्ये सर्वाधिक अगाडी रहेको युनियन लाइफ भने पाचौ स्थानमा छ । कम्पनीले बैशाख मसान्तसम्ममा ६ अर्ब ५२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम तर्फ एक अर्ब ८२ करोड रुपैयाँ छ भने नविकरण तर्फ ४ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

बाँकी कम्पनीहरुले क्रमश एशियन लाइफले ५ अर्ब ५३ करोड, मेट लाइफले ४ अर्ब ३७ करोड, सिटिजन लाइफले ४ अर्ब २६ करोड, प्राइम लाइफले ४ अर्ब १४ करोड, सूर्या लाइफले तीन अर्ब ९२ करोड, सन नेपाल लाइफले तीन रअब २६ करोड, रिलायबल नेपालले तीन रअब २१ करोड, ज्योति लाइफले २ अर्ब ८८ करोड, आईएमई लाइफले २ अर्ब ५६ करोड, गुराँस लाइफले २ अर्ब ५३ ३ करोड, रिलायन्स लाइफले २ अर्ब ३९ करोड, सानिमा लाइफले एक अर्ब ८८ करोड, प्रभु लाइफले एक अर्ब ५७ करोड र महालक्ष्मी लाइफले एक अर्ब १८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS