Connect IPS
IME Life

जेठ २६ देखि सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्दै दोर्दी खोला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि जेठ २६ देखि ३१ गतेसम्म आइपिओ खुला गर्ने भएको छ ।

कम्पनीले २० लाख १९ हजार ८३९ कित्ता शेयर सर्वसाधारणका लागि खुल्ला गरिएको छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १७ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

कम्पनीले निष्काशन गरिएको कुल शेयर २१ लाख ९५ हजार ५०९ कित्तामध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । साथै ५ प्रतिशत कित्ता १ लाख ९ हजार ७७५ कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ ।

कम्पनीले शेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडलाई जिम्मा दिएको छ । लगनीकर्ताले सजिलो तरिकाले मेरो शेयर एप वा वेवसाइटमार्फत आवेदन दिन सक्नेछन् । यसका साथै आस्वा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । आवेदन दिने मिति भने जेठ २६देखि ३१ गतेसम्म रहनेछ । आवेदन नपरेमा भने असार ९ गतेसम्म आवेदन दिने मिति लम्बिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS