काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले बाह्य लेखा परीक्षणका लागि लेखापरीक्षकको माग गरेको छ ।
कम्पनीले प्रचलित कानून बमोजिम योग्यता पुगेका लेखापरीक्षक, फर्मबाट वरिष्ठता पेशागत प्रमाण पत्र प्राप्त लेखा परीक्षकलाई सूचना जारी भएको १५ दिनभित्र शिलबन्दी प्रस्ताव पेश गर्न आग्रह गरेको छ । प्रस्ताव गर्ने लेखापरीक्षकले कम्पनीले तोकेको लेखापरीक्षण शुल्क सहित शिलबन्दी प्रस्ताव पेश गर्नुपर्नेछ । म्याद नाघेका र रीत नपुगी पेश हुन आएका निवेदन भने स्वीकार नहुने कम्पनीले जनाएको छ ।